महामारीकै बीच पर्यटन - सौराहामा बुटिक रिसोर्ट

img

16

Nov

महामारीकै बीच पर्यटन - सौराहामा बुटिक रिसोर्ट

Nov 16, 2020 No Category
कोरोनाभाइरस संक्रमणको महामारीले सबभन्दा धेरै असर पारेको क्षेत्र हो, पर्यटन। विदेशी पर्यटक आगमन शून्यमा झरेपछि पर्यटन उद्योग नै धराशायी हुने चिन्ता बढेको छ। व्यवसायीहरुले टिक्नलाई अनेक उपाय अवलम्बन गरिरहेका छन्। यस्तो अवस्थामा पनि पर्यटनमा नयाँ लगानी भित्रिन थालेको छ।

चितवनको सौराहामा सोमबार रु.२५ करोड लागतमा बन्ने बुटिक रिसोर्ट ‘दि फरेस्ट फ्रन्ट’को सिलान्यास भएको छ। चितवन घुम्न र वनजंगल तथा पर्यावरणीय दृष्यावलोकनमा आउने अतिथिलाई अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्ने लक्ष्यसाथ केटिएम हस्पिटालिटी प्रालिले रिसोर्ट सञ्चालनमा ल्याउन लागेको प्रालिका सञ्चालक रामेश्वर शाहले बताए।

रत्ननगर नगरपालिका वडा नम्बर ५, बछ्यौली, सौराहामा बन्ने रिसोर्टको सोमबार पर्यटनमन्त्री योगेश भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले संयुक्त रुपमा शिलान्यास गरे। त्यसक्रममा मन्त्री भट्टराईले यस्ता सुबिधासम्पन्न होटल रिसोर्टले गुणस्तरीय सेवाका साथै वैदेशिक सीप र अनुभवलाई स्वदेशमा भित्र्याउन मद्दत पुग्ने बताए। कोरोना महामारीले थला पारेको पर्यटन क्षेत्रका लागि यस्ता खबरले उत्साह थप्ने उनले उल्लेख गरे।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले यो रिसोर्ट सञ्चालनबाट विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई नेपालमा लगानीको वातावरण भएको सन्देश प्रदान गर्ने, थप लगानी गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे।

केही दिन पहिले मात्र झापाको विर्तामोडमा सिद्धार्थ हस्पिटालिटी ग्रुपले पर्यटकस्तरीय तीनतारे होटल सञ्चालनमा ल्याएको छ।
 
सामग्री : https://www.himalkhabar.com/news/120941

Comment: